जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध
Handover - Germany has shown support for Nepal's COVID-19 vaccination efforts by donating over 1.5 million doses
काठमाडौं। जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ। नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण गरेका हुन्।
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा राजदूत डा प्रिन्जले मन्त्री गिरीलाई तीन लाख ४५ हजार मात्रा खोप हस्तान्तरण गरे। जर्मन सरकारले विभिन्न चरणमा १५ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो।
यही फागुन १ गते तीन लाख ४५ हजार मात्रा बुस्टर डोजका लागि फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आएको थियो।
मन्त्री गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने बताए। उनले नेपालमा भूकम्प गएका बेला पनि जर्मन सरकारले सहयोग गरेकामा प्रशंसा गरे।
राजदूत डा प्रिन्जले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए। उनले आफूहरूले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्त खोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment