ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते

डिसी नेपाल
४ फागुन २०७९ ७:४४
180
Shares

काठमाडाैं। नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट भएको थियो।

भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए।

अस्पतालका डाक्टरहरूका अनुसार भण्डारीको शरीर करिब २५ प्रतिशत र आमाको शरीर करिब ७० भाग जलेको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *