नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ

डिसी नेपाल
४ फागुन २०७९ ८:५८
244
Shares

काठमाडौं। नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

यसरी सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।

सो अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.