खल्तीबाट हरेक दिन रु. १ मा फ्लाइट टिकेट र बम्पर पुरस्कारको रूपमा वनप्लस ११ जित्ने मौका 

डिसी नेपाल
४ फागुन २०७९ ९:२४
96
Shares

काठमाडौँ। खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरी लिएर आएको छ जसमा खल्ती मार्फत उडान टिकट बुक गरि बम्पर पुरस्कारको रूपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन्। साथै, प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु.१ मा उडान टिकट प्राप्त गर्नेछन्।

फाल्गुन १ देखि चैत्र १५ सम्म , ४५ दिनसम्म चल्ने यो अफरले प्रयोगकर्तालाई आफ्नो उडान टिकटमा बचत गर्ने अवसर प्रदान गर्नुका साथै रु.१३४,९९९ मूल्यको नयाँ वनप्लस ११ जित्ने अवसर पनि प्राप्त गर्नेछ। वनप्लस ११ हालै मात्र नेपालमा उपलब्ध भएको छ।

खल्तीका सबै प्रयोगकर्ताहरूले खल्ती एप मार्फत आफ्नो उडान टिकट बुक गरि प्रयोगकर्ताहरु दैनिक रु १ मा हुने उडानको लक्की ड्र र वानप्लस ११ को बम्पर पुरस्कारका लागि योग्य हुनेछन्। दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिनेछ भने बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभ मार्फत गरिनेछ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यो फ्ल्यागशिप अफर विगतमा पनि हाम्रो सबैभन्दा ठूलो सफलता रहेको हुदा हाम्रा सबै प्रयोगकर्ताहरूका लागि यो अफर फेरी लिएर आएका छौँ। अफर संगै प्रयोगकर्ताले खल्तीबाट फ्लाइट टिकट बुकिङ्ग गर्दाको सहजता अनुभव गर्ने अपेक्षा राख्दछौं।”

नयाँ खल्ती प्रयोगकर्ताहरूले प्रोमोकोड ‘FLYWITHKHALTI’ प्रयोग गरी पहिलो पटक फ्लाइट बुकिङ गर्दा ३०० रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइ गर्न अनिवार्य छ। केवाईसी भेरिफाइ नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन् सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.