प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

डिसी नेपाल
४ फागुन २०७९ १०:२४
124
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट भएको यो पहिलो पटक हो। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लिँदै गएको छ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच मतभेद देखिन थालेको छ। पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ।

उता प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास लिएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मनोनयन यही १३ गते हुँदैछ। दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.