प्राविधिक गडबडीका कारण लुफ्थान्सा एयरलाइन्सको फ्र्याङ्कफर्ट उडान प्रभावित, यात्रुले पैसा फिर्ता लिन सक्ने
काठमाडौं । प्रसिद्ध वायुसेवा कम्पनी लुफ्थान्साले फ्र्याङ्कफर्ट क्षेत्रमा प्राविधिक गडबडीका कारण कम्पनीको उडान प्रभावित भएको जनाएको छ । जसका कारण उडानमा ढिलाइ भईरहेको छ भने धेरै उडान रद्द गर्नु परेको छ ।
यो जर्मन कम्पनीले फ्रान्कफर्ट क्षेत्रमा निर्माण कार्य भइरहेकाले कम्पनीमा ठूलो प्राविधिक समस्या देखिएको बताएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार निर्माण कार्यका कारण फाइबर अप्टिक केबलहरु प्रभावित भएकाले कम्प्युटर ठप्प भएको र उडानहरु प्रभावित भएका छन् ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै यसका कारण फ्र्याङ्कफर्टबाट हुने सबै उडान तत्कालका लागि स्थगन गर्नुका साथै म्युनिख जाने उडान पनि आंशिक रूपमा प्रभावित भएको जनाएको छ ।
कम्पनीले यात्रुहरुसँग माफी मागेको छ र कम्पनीले छिट्टै अवस्था सुधार्न सक्दो प्रयास गरिरहेको जनाएको छ ।
कम्पनीले भन्यो- जर्मनीमा लुफ्थान्सा घरेलु उडानहरूमा यात्रा गर्ने यात्रुहरूले रेल टिकटहरू बुक गर्न, पैसा फिर्ता लिन वा अर्को दिनको लागि पुन: बुक गर्न सक्छन्।







डिसी नेपाल







Facebook Comment