थाइल्याण्डको पानी भरिएको गुफामा कैयौं दिनसम्म फसेर बाँचेका बालक रहेनन्
काठमाडौं । सन् २०१८ मा थाइल्याण्डको एउटा गुफामा १२ बालबालिका फसेका थिए । यी बालबालिकालाई बचाउन संसारभरका गोताखोर र उद्धारकर्मीहरू अगाडि आए।
जब यी १२ बालबालिका सकुशल गुफाबाट बाहिर निस्किए, कतिपयले यसलाई चमत्कारका रूपमा लिए र बच्चाहरू बाँचेको खुशी मनाए।
तर अब, झण्डै पाँच वर्षपछि, यी १२ बालबालिकामध्ये एक डुआङ्पेच प्रोम्थेपको मृत्यु भएको छ।
प्रोम्थेपको बेलायतमा निधन भएको हो । गत वर्ष मात्र प्रोमथेप बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए ।
प्रमथेप प्रशिक्षकसँगै थाइल्याण्डको गुफामा फसेको फुटबल टोलीका कप्तान थिए ।
उद्धार टोली यी बालबालिकालाई बचाउन गुफाभित्र पसेपछि टर्च बाल्दा प्रम्थेपको अनुहार देखिएको थियो ।
यो तस्बिर त्यो घटनाको एउटा यादगार तस्बिर थियो । प्रोम्थेपको मृत्युको कारण भने खुल्न सकेको छैन ।
यो मृत्युलाई अहिले शंकास्पद आँखाले नदेखेको प्रहरीले जनाएको छ ।
थाइल्याण्डमा प्रकाशित केही रिपोर्टमा प्रोमथेपको टाउकोमा चोट लागेको बताइएको छ ।
प्रम्थेपलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
गत वर्ष अगस्टमा, प्रोमथेपले इन्स्टाग्राममा सेयर गरे कि उनी बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए र छात्रवृत्ति पाएका थिए।
प्रोम्थेपका साथीहरू खुसी थिए। त्यसपछि प्रोम्थेपले लेखे – आज मेरो सपना साकार भएको छ ।
तर ६ महिनापछि मात्रै यो सपना बिचमै टुट्यो र प्रोमथेपले संसार छोडे ।







डिसी नेपाल







Facebook Comment