चीनमा कोरोना फैलिएको सहरमा अहिले किन विरोध ?

डिसी नेपाल
४ फागुन २०७९ १३:५९
48
Shares

काठमाडौं । चीनको सडकमा फेरि विरोध प्रदर्शन भइरहेका छन् । सेवानिवृत्त व्यक्तिहरूले यो प्रदर्शन गरिरहेका छन्। चिकित्सा बीमामा कटौतीको विरोधमा प्रदर्शन भइरहेको छ ।

यी प्रदर्शनहरू वुहानमा भएको थियो, जहाँ कोरोनाको पहिलो केस प्रकाशमा आएको थियो। बुधबार वुहान र डालियानमा प्रदर्शनकारीहरू भेला भए।

चिनियाँ सरकारलाई दबाब दिनको लागि सात दिनमा यो दोस्रो पटक विरोध प्रदर्शन भएको हो।

प्रशासनले उपचारका लागि दिएको रकम कटौती गर्ने घोषणा गरेपछि गत फेब्रुअरी ८ गते पहिलो पटक प्रदर्शन भएको थियो ।

सेवानिवृत्त व्यक्तिले अस्पतालको बिल लिएर सरकारबाट फिर्ता लिने रकम यही हो ।

केही दिनमा राष्ट्रिय जन काँग्रेसको वार्षिक बैठक बस्न लागेको अवस्थामा यी प्रदर्शनहरू भइरहेका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको पोस्टमा प्रदर्शनकारीमा ठूलो संख्यामा वृद्धवृद्धा रहेको देख्न सकिन्छ ।

केही दिनअघि चीन सरकारविरुद्ध देशैभर भीषण प्रदर्शन भएको थियो । कोभिड आएको तीन वर्ष बितिसक्दा पनि जारी लकडाउन हटाउन माग गर्दै यी प्रदर्शनहरु भएका हुन् ।

यी प्रदर्शनपछि चीन सरकारले लकडाउनका नियमहरू खुकुलो पारेको थियो ।

तर, यो खुकुलो भएपछि चीनमा कोरोनाका घटनामा तीव्र वृद्धि भएको खबर पनि आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *