एउटा यस्तो राजीनामा जसले मानिसहरूलाई छक्क पार्यो
काठमाडौं । स्कटल्याण्डमा नयाँ प्रथम मन्त्री (सरकार प्रमुख) को खोजी सुरु भएको छ। निकोला स्टर्जनले राजीनामा दिएपछि यो खोज सुरु भएको हो । निकोला आठ वर्ष भन्दा बढि यो पदमा थिइन्।
निकोलाको आकस्मिक राजीनामाले धेरैलाई आश्चर्यचकित बनाएको थियो। निकोला स्टर्जन स्कटल्याण्डको नयाँ प्रथम मन्त्रीको प्रतिस्थापन नभएसम्म पदमा रहनेछिन्।
नयाँ नेतृत्व चयनका लागि एसएनपीको राष्ट्रिय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । निकोला स्टर्जनले भनिन्, “मेरो हृदय र दिमागले समय आएको बतायो। यो निर्णय मेरो, मेरो पार्टी र मेरो देशको लागि सही छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment