गाँजा खानेहरूका लागि जागिर खुल्यो, वार्षिक तलब १ करोड रूपैयाँभन्दा बढी !
joint with weed in hand and lighter, grinder with fresh marijuana, Cannabis buds on black table, close up,
काठमाडौं । एक कम्पनीलाई ‘व्यावसायिक धुम्रपान गर्नेहरू’ चाहिएको छ। यो अनौठो कामको लागि राम्रो तलब पनि प्रस्ताव गरिएको छ। जागिरको विज्ञापन अनुसार तपाईले गर्नु पर्ने काम भनेको गाँजा खाने र यसको गुणस्तर परीक्षण गर्ने हो। बदलामा १ लाख युरो (१ करोड ४१ लाख रूपैयाँ) तलब दिइनेछ ।
द सनको रिपोर्टका अनुसार यो क्यानामेडिकल कम्पनी जर्मनीको हो र यसले ‘क्यानाबिस सोमेलियर’ पदको लागि विज्ञापन गरेको छ। कम्पनीले एक जना कर्मचारीको खोजी गरिरहेको छ जो एक पेशेवर गँजडी होस् र उनीहरूको उत्पादनको गुणस्तर जाँच गर्न सकोस्। सरल शब्दमा भन्नुपर्दा कम्पनीले ‘गाँजा एक्सपर्ट’ खोजिरहेको छ।
वास्तवमा, कम्पनीले गाँजालाई औषधिको रूपमा बेच्दछ। यसका लागि, उसले आफ्नो उत्पादनको गुणस्तर जाँच गर्न गन्ध, जाँच र धुम्रपान गर्न सक्ने व्यक्तिहरूको खोजी गरिरहेको छ। आफ्नो उत्पादनको गुणस्तर सुनिश्चित गर्न ‘वीड एक्सपर्ट’ खोजिरहेको कम्पनीको दाबी छ । यसका लागि वार्षिक १ लाख युरो तलब प्रस्ताव गरिएको छ ।
यस सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभिड हेनले भने–हामी अष्ट्रेलिया, क्यानडा, पोर्चुगल, म्यासेडोनिया र डेनमार्क जस्ता सोर्सिङ देशहरूमा हाम्रा उत्पादनहरूको मापदण्डको मानक अनुगमन गर्न सक्ने व्यक्तिको खोजीमा छौँ । उनले जर्मनीमा डेलिभर हुने उत्पादनको गुणस्तर पनि जाँच गर्नुपर्नेछ।
यद्यपि, यो कामको लागि आवेदन दिने व्यक्ति “गाँजाको बिरामी” हुनुपर्छ। साथै, उनीसँग जर्मनीमा कानुनी रूपमा गाँजा सेवन गर्ने इजाजतपत्र पनि हुनुपर्छ। अहिले यो कामका लागि मानिसहरु लाइनमा बस्न थालेका छन् ।
उल्लेखनीय कुरा के छ भने, जर्मनीमा गत वर्ष मात्रै गाँजा सेवनलाई कानुनी मान्यता दिइएको छ। तर यो उपचारको लागी मात्र प्रयोग गर्न सकिन्छ। ३० ग्रामसम्म गाँजा राख्नु अपराधको श्रेणीमा पर्दैन । तर योभन्दा बढी पाइएमा कारबाही गर्न सकिन्छ । यसको प्रयोग वयस्कलाई मात्र अनुमति छ।







डिसी नेपाल







Facebook Comment