चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र
काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ।
पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर विविध माग राखी ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment