प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा अोलीसँग भेटवार्ता गर्न प्रचण्ड ओली निवास बालकोट पगेका हुन् ।
बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएकाे छ ।
भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।
सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ ।
यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेट वार्ता गर्ने गरेका छन् ।







डिसी नेपाल








Facebook Comment