पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै राख्ने सरकारको निर्णय
काठमाडौं। सरकारले पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारको क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन्।
उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको जानकारी दिइन्।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
दस बर्से जनयुद्धले ल्यय्को सघिय लोकतान्त्रिक गणतन्त्र नेपाल अहिले आएर जनयुद्धको मूल्याकंन भको छ धेरै राम्रो छ