अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने प्रकाशमानको दाबी

डिसी नेपाल
५ फागुन २०७९ १७:५७
60
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।

शुक्रबार नेपाल जेशिसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सबैको समर्थन हुने र अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका हुन्।

उनले शक्तिसन्तुलन मिलाउनका लागि पनि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोज्ने जिकिर गरे। संसदको पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफुहरुको दाबी स्वभाविक हुने उनको भनाइ छ।

त्यस्तै नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए। कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहले बताए।

उनले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.