पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जुनसुकै बेला गिरफ्तार हुन सक्ने

डिसी नेपाल
६ फागुन २०७९ १०:३१
64
Shares

काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीको अवस्था देखिएको छ ।

समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ।

गत वर्ष इमरान खानविरुद्ध इस्लामाबादको सांगजानी पुलिस स्टेशनमा आतंकवादसँग सम्बन्धित धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको थियो।

यस मामिलामा इमरान खानले आतंकवाद विरोधी अदालतले आफ्नो अन्तरिम जमानतको निवेदन खारेज गरेपछि लाहोर उच्च अदालत पुगेका थिए।

यस घटनाक्रमपछि पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले आफ्नो विचारमा इमरान खानलाई न्यायिक प्रणालीको मजाक बनाएकोले उनलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

यससँगै उनले इमरान खानलाई तत्काल पक्राउ गर्न सरकारसँग कुरा गर्ने बताए ।

इमरान खानको जमानत याचिका खारेज भएपछि लाहोरस्थित उनको जमान पार्कस्थित घरबाहिर उनका समर्थकहरुको भीड जम्मा हुन थालेको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफले आफ्नो ट्विटर ह्यान्डलबाट त्यस्ता धेरै भिडियोहरू साझा गरेको छ जसमा समर्थकहरूले इमरान खानप्रति आफ्नो वफादारी व्यक्त गरेको देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *