शान्तिका लागि रुसलाई जमिन दिनु मान्य छैन : राष्ट्रपति जेलेन्स्की

डिसी नेपाल
६ फागुन २०७९ १०:३९
48
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा आफ्नो सरकार रुससँगको सम्भावित शान्ति सम्झौतामा भूमि छोड्न तयार नभएको बताएका छन् ।

फेब्रुअरी २४ मा रुस र युक्रेनबीच भएको युद्धको एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेताहरुलाई भेट्न लण्डन पुगेका थिए ।

यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा उनले रुसलाई जमिन दिनुको अर्थ त्यो फिर्ता आउने र पश्चिमी हतियारले शान्तिलाई नजिक ल्याउने चेतावनी दिए ।

उनले भने, ‘रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ ।’ हतियारको बारेमा, उनले भने, “हो, अवश्य पनि। आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियारहरू मात्र रुसले बुझ्ने भाषा हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *