ताइवानले चिनियाँ बेलुन दुर्घटना भएको शंकास्पद स्थान फेला पार्‍यो

डिसी नेपाल
६ फागुन २०७९ १०:४९
24
Shares

काठमाडौं । ताइवानले दुर्घटनाग्रस्त चिनियाँ बेलुनका केही अवशेषहरू फेला पारेको बताएको छ।

ताइवानको सेनाले बिहीबार स्थानीय समय अनुसार ११:०० बजे चीनको तट नजिकै ताइवानद्वारा नियन्त्रित टापु डोंग्यिनमा तैरिरहेको एउटा अज्ञात वस्तु देखेको बताएको छ।

सेनाले भनेको छ कि प्रारम्भिक अनुसन्धानले यी अवशेषहरू मौसम विज्ञान उपकरणको अंश भएको देखाएको छ।

शुक्रबार, ताइवानका रक्षामन्त्री चिउ कुओ-चेङले अधिकारीहरूले दुर्घटनाग्रस्त बेलुनबारे थप अनुसन्धान गर्ने तर “अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिने” बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ रक्षा अधिकारी चेन यु-लिनले पहिलो पटक ताइवानको अपतटीय टापुहरूमा यस्तो बेलुनको अवशेष फेला परेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *