व्हिसलब्लोअरले अष्ट्रेलियाको तेल कम्पनीको गोप्य खुलासा गरे

डिसी नेपाल
६ फागुन २०७९ १०:५१
24
Shares

काठमाडौं । अष्ट्रेलियाको उर्जा क्षेत्रको प्रमुख तेल कम्पनी सान्तोसलाई अपतटीय क्षेत्रहरूमा तेल फैलिएपछि ढाकछोप गरेको आरोप लगाइएको छ ।

यस हप्ता, अष्ट्रेलियाको संसदले यस विषयमा सम्बन्धित एक व्हिसलब्लोअरको बयान पेश गर्‍यो, जसमा तेल फैलिएको ठाउँ नजिकै मृत डल्फिनहरू फेला परेको उल्लेख छ।

सान्तोसले अहिलेसम्म वारानास टापुमा रहेको आफ्नो सुविधामा तेल फैलिएर भएको मृत्युको लागि जिम्मेवार नभएको बताएको छ।

यो कम्पनीले गत अप्रिलमा वेस्टर्न अस्ट्रेलिया टुडे अखबारलाई बताएको थियो कि यो सानो तेल फैलिएको घटना थियो जसले वातावरणमा सानो प्रभाव पारेको थियो।

तर, गत नोभेम्बरमा कम्पनीले माछा मरेको स्वीकार गर्दै आफ्नो बचाउमा तेल निस्किएको केही घण्टापछि मात्रै मरेको माछा देखेको र यति छिट्टै हुन गाह्रो भएको तर्क गरेको थियो ।

तर घटना भएको एक साता बितिसक्दा पनि वाराणस टापुमा वातावरणविद् नपठाएकोले कम्पनीले सही बयान दिन नसकेको व्हिसलब्लोअरले दाबी गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *