कराँची हमलापछि शहबाज शरीफले भने–पाकिस्तानले आतंकवादलाई जरैदेखि उखेल्नेछ

डिसी नेपाल
६ फागुन २०७९ ११:०९
48
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले कराँची प्रहरी मुख्यालयमा भएको आक्रमणको निन्दा गर्दै आफ्नो देशले आतंकवादलाई जरैदेखि उखेल्ने बताएका छन्।

आफ्नो ट्वीटर ह्यान्डलबाट ट्विट गर्दै उनले लेखेका छन्, “म कराचीमा प्रहरीमाथि भएको आतंकवादी घटनाको कडा शब्दमा भर्त्सना गर्दछु र यस हमलालाई असफल पार्ने साहसी प्रहरी र कानून प्रवर्तन अधिकारीहरूलाई सलाम गर्दछु।”

शरीफले लेखेका छन् कि आतंकवादीहरूले बिर्सेका छन् कि पाकिस्तान एक मात्र देश हो जसले आफ्नो बहादुरी र साहसले आतंकवादलाई पराजित गरेको छ।

उनले “पाकिस्तानले आतंकवादलाई जरैदेखि उखेल्ने मात्रै नभई आतंकवादीहरूलाई न्यायको कठघरामा ल्याएर निर्मूल पनि गर्ने” दाबी गरेका छन्।

शाहबाज शरीफका अनुसार, “विगत दुई दशकमा यो देशले आतंकवादसँग आफ्नै रगतले लडेको छ। यो महान् देश संकटको घडीमा पनि यस संकटलाई सधैंभरि अन्त्य गर्न कटिबद्ध छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *