टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार, एकको अस्पताल लाँदै गर्दा मृत्यु

डिसी नेपाल
६ फागुन २०७९ २०:२५
16
Shares

हातेय, टर्की। विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन्।

एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिहरूलाई स्ट्रेचरमा राखेको तस्बिरहरू प्रसारण गरेको छ।

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ भने लाखौं मानिस सुरक्षित आवासविहीन भएका छन्।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले हप्ताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्, तर पछिल्ला केही दिनहरूमा उनीहरूको सङ्ख्या थोरैमा झरेको छ।

टर्कीका उद्धारकर्ताले शुक्रबार १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्।

उद्धार गरिएकामध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चिसो मौसम र लामो समय भग्नाबशेष हटाउन नसक्दा बाँकी व्यक्तिलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बनेपनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीब्रता दिइरहेका टर्कीका अधिकारीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *