राजनीतिक दल र राजसंस्था सहकार्य गर्न पूर्वराजाको आह्वान, भने- अब मौन रहन सक्दैनौं

डिसी नेपाल
६ फागुन २०७९ २१:३४
264
Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै उनले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको भन्दै अब आफूहरू मौन रहन नसक्ने बताएका हुन्।

उनले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव पनि अघि सारेका छन्। देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन्।

हेर्नुहोस पूरा सन्देश

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.