उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ

डिसी नेपाल
७ फागुन २०७९ ८:४०
44
Shares

कैलाली। कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।

टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन्। उनको रिहाईका लागि कैलाली जिल्ला  प्शाशन कार्यालयले आवाश्यक कानुनी पक्रिया सुरु गरेको छ। तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन्।

यदपी, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भए पछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। एक दशक अगाडीका सो मुद्धा अनुसार ६ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *