जुनियर एनटीआरका दाजु तथा फिल्म अभिनेता नन्दमुरी तारक रत्नाको निधन
काठमाडौं । तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका छोरा दाजु थिए । उनी आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए।
उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
कर्नाटकका स्वास्थ्य मन्त्री तथा भाजपा नेता डा के सुधाकरले सामाजिक सञ्जाल ट्वीटरमा उनको आत्माको चीर शान्तिको कामना गरेका छन् ।
Deeply saddened to learn about the untimely demise of renowned Telugu Actor Shri. Nandamuri Taraka Ratna. Despite best efforts, his passing away came as a misfortune. My sincere condolences to his family. Praying for the sadgati of the departed soul. Om Shanti. pic.twitter.com/3STbQGrk4K
— Dr Sudhakar K (@mla_sudhakar) February 18, 2023
तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, “तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु। धेरै चाँडै गयौ भाइ… दुखको यस घडीमा उनको परिवार र प्रियजनहरूसँग मेरो समवेदना र प्रार्थना छ।”
Shocked and deeply saddened by the untimely demise of #TarakaRatna. Gone way too soon brother… My thoughts and prayers are with the family and loved ones during this time of grief. ?
— Mahesh Babu (@urstrulyMahesh) February 18, 2023
फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटमा लेखेका छन्, ‘तारक रत्न गुरु (आदरणीय) को निधनको खबरले मन दुखेको छ । चाँडै जानुभयो । उहाँका परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना। उहाँको आत्माले शान्ति पाओस्!”
Heartbroken to learn of the passing away of #TarakaRatna garu. Gone to soon ?. My deepest condolences to his family, friends & fans. May he rest in peace.
— Allu Arjun (@alluarjun) February 18, 2023
अभिनेता चिरञ्जीवीले ट्विट गर्दै भनेका छन्, ‘तारक रत्नको दुखद र असामयिक मृत्युको बारेमा थाहा पाउँदा गहिरो दुःख लागेको छ । यस्तो उज्यालो, प्रतिभाशाली, प्यारा जवान मानिस … धेरै चाँडै गयौ ! सम्पुर्ण परिवार तथा शुभचिन्तकहरुमा हार्दिक समवेदना ! उनको आत्माले शान्ति पाओस्!”
Deeply saddened to learn of the
tragic premature demise of #NandamuriTarakaRatna
Such bright, talented, affectionate young man .. gone too soon! ? ?
Heartfelt condolences to all the family members and fans! May his Soul Rest in Peace! శివైక్యం ?? pic.twitter.com/noNbOLKzfX— Chiranjeevi Konidela (@KChiruTweets) February 18, 2023







डिसी नेपाल








Facebook Comment