पूर्वराजाको प्रस्तावप्रति ओलीको कटाक्ष : के आधारमा सहकार्य गर्ने?

डिसी नेपाल
७ फागुन २०७९ १३:४२
252
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसकाृ अवसरमा ब्यक्त गरेको प्रस्तावप्रति नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले पूर्वराजासँग के आधारमा सहकार्य गर्ने भन्दै कटाक्ष गरेका हुन् ।

आइतबार विराटनगर पुगेका ओलीलाई विमानस्थलमा सञ्चारकर्मीहरुले पूर्व राजाले ब्यक्त गरेको सन्देशबारे जिज्ञासा राख्दा उनले पूर्व राजालाई अहिलेपनि राजा नै भएको जस्तो लागेको टिप्पणी गरे ।  उनले भने, ‘उहाँ ज्ञानेन्द्रजीलाई अहिले पनि पहिल्यैकै जस्तै लागेको होला । दुई चार जना मान्छे देख्यो भने उहाँलाई पहिल्यैकै जोश आउँछ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै देशको वर्तमान अवस्था संकटपूर्ण रहेको भन्दै दलहरुसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *