फिलिपिन्समा विमान दुर्घटना, खोजी जारी
मनिला। चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ। उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन्।
नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए। सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो।
स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन्। प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ। फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment