यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
८ फागुन २०७९ ९:४३
116
Shares

काठमाडौँ। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ३ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर सहित ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २२ गते बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे हुने भएको छ।

ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.५७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २५ गते युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे हुने भएको छ।

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र करसहित ६.०४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २९ गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.