डा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

डिसी नेपाल
८ फागुन २०७९ १३:१९
148
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन्। डा श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *