अमेरिकी राष्ट्रपति बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगे

डिसी नेपाल
८ फागुन २०७९ १६:१०
220
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी कीभ पुगेका छन् । एक वर्षअघि रुसले आक्रमण गरेपछि उनको यो पहिलो युक्रेन भ्रमण हो।

यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न गएका थिए । तर त्यहाँबाट उनी अचानक कीभ पुगे ।

युक्रेनको राजधानी किभमा बिहानैदेखि महत्त्वपूर्ण पाहुना आइपुगेको महसुस भएको थियो । युक्रेनकी नेता लिसिया भासिलेन्कोले यी पाहुना बाइडेन रहेको बताएकी छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।

जेलेन्स्कीले लेखे, “जो बाइडेन, कीभमा स्वागत छ। तपाईको भ्रमण सबै युक्रेनीहरूका लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण इशारा हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *