हैदराबादबाट चेन्नइका लागि उडेको जहाजमा बम भएको खबरले आतंक

डिसी नेपाल
८ फागुन २०७९ १६:३०
24
Shares

काठमाडौं । हैदरावादबाट चेन्नईका लागि उडेको विमानमा बम रहेको सूचना पाएपछि आकस्मिक अवतरण गरिएको छ । विमानलाई लखनउको चौधरी चरण सिंह विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

उडानमा बम राखेको जानकारी पाएलगत्तै विमानमा बम राखेको विषयमा हतारमा अनुसन्धान थालिएको हो । बम डिस्पोजल टोलीले उडानमा कुनै बम नभेटिएको बताएको छ भने बमबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *