युक्रेन पुगेपछि अमेरिकी राष्ट्रपतिले के भने ?

डिसी नेपाल
८ फागुन २०७९ १६:४४
44
Shares

काठमाडौं । पोल्याण्डबाट अचानक युक्रेनको राजधानी किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकाको समर्थन जारी राख्ने बताएका छन् ।

“मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति हाम्रो अटुट र अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ,” अमेरिकी राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “करिब एक वर्षअघि पुटिनले युक्रेन कमजोर र युरोप विभाजित भएको सोचेर आक्रमण गरेका थिए । उनले हामीलाई थाक्नेछन् भन्ने सोचेका थिए। तर उनी बिल्कुल गलत थिए।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *