टर्कीमा फेरि शक्तिशाली भूकम्प !
काठमाडौं । टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । पछिल्लो भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ ।
यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शक’ को धक्का महसुस गरिएको थियो ।
यसअघि गत फेब्रुअरी ६ मा गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।
सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए ।
सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।
अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए । समाचार एजेन्सी रोयटर्सले यस भर्खरको भूकम्प पीडित केही व्यक्तिहरूसँग कुरा गरेको छ।
मुना अल-उमरले भनिन्, “मेरो खुट्टामुनि जमिन खसेको जस्तो लाग्यो।”
टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ ।
टर्कीमा रहेको बीबीसी टोलीले सोमबार महसुस गरेको भुकम्प यसअघि आएको हल्का भुकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment