बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त
मकवानपुर। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आज जारी शुभकामना सन्देशमा उनले यस अवसरमा देश तथा देश बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त अरेका हुन्।
प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामनासमेत गरेका छन्। उनले नेपाली चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याएको बताएको छन्।
प्रदेश प्रमुख शर्माले भनेका छन्, “भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ। ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेका छन्।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment