जापानमा यौन सम्बन्धका लागि सहमति दिने उमेर १३ वर्षबाट बढाउने तयारी
काठमाडौं । जापानले शारीरिक सम्बन्धका लागि सहमति दिने उमेर १३ बाट बढाएर १६ गर्न सक्छ । यस सम्बन्धमा जापानको न्याय मन्त्रालयमा संलग्न एक प्यानलले प्रस्ताव पेश गरेको छ ।
यो कदमलाई जापानमा हुने यौन अपराध नियन्त्रण गर्ने उद्देश्यका रुपमा हेरिएको छ । २०१९ मा धेरै बलात्कारीहरूले उमेरको कारणले सफाइ पाए, जसको कडा विरोध भयो।
प्रस्तावमा बलात्कारको परिभाषा फराकिलो गरी नाबालिगका हकमा अझ राम्रो नियम ल्याउन भनिएको छ । बलात्कारका घटनाको उजुरीका लागि तोकिएको सीमा पनि १० बाट बढाएर १५ वर्ष पुर्याइनेछ ।
हाल, जापानमा विकसित देशहरूमध्ये यौन सम्बन्धका लागि सहमतिको सबैभन्दा कम उमेर छ। जर्मनी र इटालीमा यो उमेर १४ वर्ष हो । ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष हो। अमेरिका र बेलायतमा यो उमेर १६ वर्ष हो ।
जापानको हालको कानुनमा बलात्कार पीडितले बलात्कारको समयमा हिंसा भएको प्रमाणित गर्नुपर्नेछ। प्रमाणित नगरी बलात्कारका घटनामा सजाय दिन असम्भव थियो ।







डिसी नेपाल







Facebook Comment