बाइडेनलाई भेटेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने ?

डिसी नेपाल
९ फागुन २०७९ १२:१८
32
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले संयुक्त वक्तव्य जारी गरेका छन् । यस विज्ञप्तिमा जेलेन्स्कीले यो ‘ऐतिहासिक लडाइँ’ ‘लोकतान्त्रिक संसार’ले जित्ने बताएका छन्।

बाइडेनको उपस्थितिमा, जेलेन्स्कीले टेलिभिजनमा जारी संयुक्त विज्ञप्तिमा भने, “यो अमेरिका र युक्रेनको सम्बन्धको सम्पूर्ण इतिहासमा सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै हासिल गरेका नतिजाहरूको बारेमा बताउँछ। आजको वार्ता निकै सफल भयो ।”

जेलेन्स्कीले भने, “यो भ्रमणको नतिजा देखिनेछ। यो भेटको प्रभाव रणभूमिमा पर्नेछ । युक्रेनलाई अब्राम ट्याङ्क दिने अमेरिकी निर्णयले युक्रेनी सेनालाई बलियो बनाएको छ । म र अमेरिकी राष्ट्रपतिबीच लामो दूरीका हतियारबारे पनि छलफल भएको छ ।”

युक्रेनी राष्ट्रपतिले थप भने, “मलाई थाहा छ कि युक्रेनलाई सहयोग गर्न निकै महत्त्वपूर्ण प्याकेज प्राप्त हुनेछ। यसको स्पष्ट अर्थ रुसी आक्रामकताको लागि अब कुनै ठाउँ रहनेछैन।” उनले भने, “श्रीमान राष्ट्रपति युक्रेन तपाईप्रति आभारी छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *