रुसी सेनाले डोनेस्क सहरमा ठूलो क्षति बेहोरेको छ : बेलायती रक्षा मन्त्रालय

डिसी नेपाल
९ फागुन २०७९ १३:३८
40
Shares

काठमाडौं । बेलायतको रक्षा मन्त्रालयले युक्रेनको हुलेडरमा रुसी सेनाले ठूलो क्षति बेहोरेको जनाएको छ । रुसको ‘एलिट’ १५५ औं र नौसेनाको ४० औं इन्फन्ट्री ब्रिगेडले कोइला खानी सहर हुलेडरको लागि युद्धमा ‘धेरै भारी’ क्षति बेहोरेको छ, बेलायती रक्षा मन्त्रालयले सोमबार बिहानको गुप्तचर अपडेटमा भन्यो।

हुलेडर डोनेट्स्कमा युक्रेनको पूर्वी क्षेत्रमा छ। जहाँ युक्रेनी र रुसी सेनाबीच भीषण युद्ध चलिरहेको छ । रुसी सेनाले भोगेको भारी क्षतिका कारण यी दुवै ब्रिगेडलाई तटस्थ गरिएको अपडेटमा भनिएको छ । रक्षा मन्त्रालयले बखमुत सहरमा धेरै सैनिक मारिएको जनाएको छ । घाइतेको संख्या पनि ठूलो छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *