बंगलादेश सरकारले विपक्षी दलको पत्रिका बन्द गरिदियो
काठमाडौं । बंगलादेशको प्रमुख विपक्षी दलको पत्रिकामाथि प्रतिबन्ध लगाइएको छ । सोमबारदेखि पत्रिका छाप्न बन्द भएको छ । बंगलादेशको शेख हसिना सरकारको निर्णयका कारण यो पत्रिका बन्द गरिएको हो ।
पत्रपत्रिका बन्द भएपछि दक्षिण एसियामा प्रेस स्वतन्त्रतामाथि फेरि प्रश्न उठेको छ । अमेरिकालगायत धेरै देश र कार्यकर्ताले प्रधानमन्त्री शेख हसिनाको ‘आलोचना दबाउन खोजेको’ भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘दैनिक दिनकाल’ बंगाली भाषामा प्रकाशित एउटा अखबार हो, जुन तीन दशकभन्दा बढी समयदेखि बंगलादेश नेसनलिस्ट पार्टीको आवाज बनेको छ। पत्रपत्रिकामा सयौं मानिस काम गर्थे ।
पत्रपत्रिकामा यस्ता समाचार आउने गर्दथे, जसलाई सरकार समर्थक पत्रिका वा सञ्चारमाध्यमले कभर गर्दैनन् । केही समयअघि बंगलादेश नेसनलिस्ट पार्टीका कार्यकर्ता पक्राउ परेका थिए ।
पार्टीले आफ्ना समर्थकहरु विरुद्ध हजारौं झुटा मुद्दा दर्ता भएको बताएको छ ।
ढाका प्रशासनले २६ डिसेम्बरमा अखबार बन्द गर्ने आदेश दिए पनि पत्रिका छाप्न जारी राखेको दैनिक दिनकालले जनाएको छ । प्रेस काउन्सिलको अपिलका कारण यो सम्भव भएको हो ।
काउन्सिलले आइतबार आफूहरूको अपिल खारेज गरेको पत्रिकाका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताए ।
समाचार एजेन्सी एएफपीका अनुसार अखबार बन्द गर्ने आदेशमा दैनिक दिनकलले देशको छपाई तथा प्रकाशनसँग सम्बन्धित कानूनको उल्लंघन गरेको लेखिएको छ ।
विश्वासले पत्रपत्रिका बन्द गर्नु सरकारको अभिव्यक्ति स्वतन्त्रता र आलोचकको आवाजलाई कुण्ठित गर्ने प्रयासको हिस्सा भएको बताए । सन् २०२२ को प्रेस स्वतन्त्रता सूचकांकमा बंगलादेश १६२ नम्बरमा थियो।







डिसी नेपाल







Facebook Comment