तेस्रो चिचिरी, गेन्द्रो दिवसमा गायिका मेचु धिमालदेखि डिकबहादुर धिमालको प्रस्तुति रहने

डिसी नेपाल
१० फागुन २०७९ १५:१३
20
Shares

दमक । धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।

“सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा दुई हजार भन्दा बढि दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

प्रदर्शनी अन्तरगत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर (घुंगी), पायाको बिहा (सुंगुरको मासु), गोरा (रक्सी), हाया (माछा) लगायतका परिकारहरु उपलब्ध हुनेछन् ।

सो अवसरमा धिमाल कलाकारहरुबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुनेछ्न्। प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिनेछन् ।

प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्री तथा बाध्यवादन समेत प्रदर्शनी हुनेछ । यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.