मुख्यमन्त्री आउन ढिलो गरेपछि टेनिसका महान खेलाडीले आफैलाई सम्मान गर्ने कार्यक्रम छोडेर हिँडे
काठमाडौं । पूर्व टेनिस विश्व नम्बर एक खेलाडी ब्योन बगले बेंगलुरुमा अनौठो परिस्थितिको सामना गर्नु परेको छ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले मंगलबार यी स्विडेनी महान खेलाडीलाई सम्मान गर्ने भनिए पनि उनी आफैं कार्यक्रमस्थल ‘कर्नाटक स्टेट लन टेनिस एसोसिएसन स्टेडियम’मा साढे दुई घण्टा ढिलो पुगेका थिए ।
ब्योन बगका छोरा सोही स्टेडियममा सोही समयमा टेनिस खेल्दै थिए । त्यसैले मन्त्री ढिलो भएपछि उनले छोराको खेल हेर्न थाले । पछि उनको अभिनन्दन कार्यक्रम रद्द गरियो।
पूर्वनिर्धारित कार्यक्रम अनुसार ब्योन बगको अभिनन्दन कार्यक्रम बिहान ९:३० बजे सुरु हुने भएपनि मुख्यमन्त्री साढे दुई घण्टा ढिलो गरी ११:१५ बजे पुगेका थिए ।
मुख्यमन्त्री बसवराज बोम्माईले प्रस्थान गर्नुअघि करिब २० मिनेटसम्म खेलको रमाइलो गरे पनि ब्योन बगको अभिनन्दन कार्यक्रम हुन सकेन ।
पूर्वनिर्धारित प्रतिबद्धताका कारण मुख्यमन्त्री ढिला भएको यस कार्यक्रमका आयोजकले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment