‘छड्के २’को ट्रेलर सार्वजनिक
काठमाडौं । यस वर्षको प्रतिक्षित सिनेमा ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा ‘छड्के २’ले भन्छ । जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रुपमा अभिनेता केसीलाई प्रस्तुत गरिएको छ । जसको शरीरभरी ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment