आजको विनिमय दर : अमेरिकी डलरमा वृद्धि हुँदा युरोपियन युरोको मूल्य घट्यो
काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको थियो।
यता, युरोपियन युरोको मूल्य भने घटेको छ। युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रूपैयाँ २७ पैसा काटम भएको छ। बुधबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ८८ पैसा रहेको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ६४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment