बेलायतको राष्ट्रिय सुरक्षाका लागि खतरा घोषित शमिमा बेगमको अपील खारेज
काठमाडौं । राष्ट्रिय सुरक्षाको आधारमा बेलायतको नागरिकता गुमाएकी शमिमा बेगमको अपिल खारेज भएको छ । शमिमा बेगमलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको घोषणा गरेपछि उनको बेलायतको नागरिकता खोसिएको थियो ।
न्यायमूर्ति जेले शमीमा बेगमको मुद्दाको सुनुवाइ गर्ने अर्ध गोप्य अदालतमा उनको अपील पूर्ण रूपमा खारेज भएको बताए। यस निर्णयको अर्थ उत्तरी सिरियाको एउटा शिविरमा बस्दै आएकी २३ वर्षीया शमिमा बेगमलाई बेलायत फर्कन प्रतिबन्ध लगाइनेछ ।
शमिमा १५ वर्षकी थिइन् जब उनी आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनमा सामेल हुन सिरिया गएकी थिइन्। यो सन् २०१५ को कुरा हो । उनले इस्लामिक स्टेट चरमपन्थीसँग विवाह गरिन् र उनीहरूका तीन सन्तान थिए। यी सबै बालबालिकाको मृत्यु भइसकेको छ ।
सन् २०१९ मा तत्कालीन बेलायती गृहमन्त्री साजिद जावेदले उनको बेलायती नागरिकता समाप्त गर्ने निर्णय गरेका थिए । त्यसपछि उनको बेलायत फर्किने बाटो बन्द भएको थियो । उनी इस्लामिक स्टेटको समर्थक भएको आरोपमा सिरियाको एउटा शिविरमा बन्दी छन् ।







डिसी नेपाल







Facebook Comment