आर्थिक चुनौतीको सामना गरिरहेको पाकिस्तानले सहारा पायो
काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई चीनले ७० करोड डलर ऋण दिने भएको छ । यो जानकारी पाकिस्तानका अर्थमन्त्री इशाक दारले दिएका छन् ।
मंगलबार बसेको चाइना डेभलपमेन्ट बैंकको बोर्ड बैठकले पाकिस्तानलाई दिने ऋण स्वीकृत गरेको हो । चीनबाट आएको यो आर्थिक सहयोगको बारेमा दारले बुधबार जानकारी दिए ।
यसअघि पाकिस्तानको संसदले आईएमएफको बेलआउट प्याकेजको शर्तअनुसार कर बढाउने मुद्रा विधेयक पारित गरेको थियो ।
आईएमएफले पाकिस्तानलाई १.१ अर्ब डलरको प्याकेज दिन चाहेको छ तर त्यसका लागि अर्थतन्त्रमा केही संरचनात्मक सुधार गर्नुपर्नेछ । पाकिस्तानले अहिले भुक्तानी सन्तुलनको गम्भीर संकटको सामना गरिरहेको छ।
हाल यससँग ३ अर्ब २० करोड डलर मात्रै विदेशी मुद्रा सञ्चिति छ । यो रकमबाट तीन साता मात्रै आयात गर्न सकिन्छ । फेब्रुअरीमा मुद्रास्फीति बढेर ३८.४ प्रतिशत पुगेको छ ।







डिसी नेपाल







Facebook Comment