बैंकिङ कसुरको आरोपमा ठेकेदार भेटवाल पक्राउ

डिसी नेपाल
११ फागुन २०७९ १२:०९
96
Shares

काठमाडौँ। बैंकिङ कसुरको आरोपमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटवालविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो। सोहि उजुरीका आधारमा ठेकेदार भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको घोटाला काण्डमा पनि ठेकेदार भेटवाल पक्राउ परेका थिए। हाल भेटवालले काठमाडौंस्थित पूरानो बसपार्कमा २९ तलाको काठमाडौं भ्यू टावर निर्माणको काम गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *