सनराइजर्स हैदरावादले नयाँ कप्तान पायो

डिसी नेपाल
११ फागुन २०७९ १३:२७
664
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ सुरु हुनुअघि सनराइजर्स हैदरावाद टोलीको बारेमा ठूलो अपडेट आएको छ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान एडेन मार्करम टोलीको कप्तान हुनेछन् । सनराइजर्स हैदरावाद टोलीले ट्वीट गर्दै यसको जानकारी दिएको हो । मार्करम सनराइजर्स हैदरावादका नवौं कप्तान हुनेछन् ।

सनराइजर्स हैदरावादले ट्विट गरेको छ, ‘प्रतिक्षा सकियो । हाम्रो नयाँ कप्तान एडेन मार्करमलाई नमस्कार भन्नुहोस्।’ मार्करामले हालै सम्पन्न दक्षिण अफ्रिकी टी-२० लिगमा आफ्नो टोली सनराइजर्स इस्टर्न केपलाई च्याम्पियन बनाएका थिए। सनग्रुप सनराइजर्स इस्टर्न केप र सनराइजर्स हैदराबाद दुवैको मालिक हो।

सनराइजर्स हैदरावाद टोली : अब्दुल समाद, एडेन मार्कराम (कप्तान), राहुल त्रिपाठी, ग्लेन फिलिप्स, अभिषेक शर्मा, मार्को जेन्सन, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, फजलहक फारुकी, कार्तिक त्यागी, टी. नटराजन, उमरान मलिक, ह्यारी ब्रुक, मयंक अग्रवाल, अकिल हुसेन, हेनरिक क्लासेन, अनमोलप्रीत सिंह, आदिल राशिद, मयंक मार्कंडे, विभ्रान्त शर्मा, समर्थ व्यास, सनवीर सिंह, उपेन्द्र सिंह यादव, मयंक डागर, नितिश कुमार रेड्डी।

मार्करामले आईपीएलमा हालसम्म २० खेल खेलिसकेका छन्, तर यस अवधिमा उनको प्रदर्शन उत्कृष्ट रहेको छ । मार्करामले ४०.५४ को औसतमा ५२७ रन बनाएका छन् जसमा तीन अर्धशतक समावेश छ । गत सिजन मार्कराम सनराइजर्सको हिस्सा थिए जहाँ उनले १४ खेलमा ३८१ रन बनाएका थिए।

मार्करामलाई सन् २०२२ को लिलामीमा सनराइजर्सले २.६० करोडको बोली लगाएर समावेश गरेको थियो। त्यसपछि उनलाई यो सिजनमा रिटेन गरिएको थियो । गत सिजन केन विलियम्सनले टोलीको जिम्मेवारी लिएका थिए, जसलाई यस सिजनका लागि सनराइजर्सले रिलिज गरेको थियो ।

आईपीएल २०२३ मार्च ३१ बाट सुरु हुँदैछ। कुल ५२ दिनसम्म चल्ने यस मेगा प्रतियोगितामा ७४ खेल हुने छन् । यस अवधिमा ७० लिग र चार प्लेअफ खेल हुनेछन् । यस सिजनको फाइनल खेल मे २८ मा हुनेछ ।

यस पटक आईपीएलका खेलहरू कुल १२ स्थानमा खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *