पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो। मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
दुर्घटनालगतै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्योलय पथरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment