राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’

डिसी नेपाल
१३ फागुन २०७९ १०:५८
264
Shares

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन ।

कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन ।

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिदै भने ।  उनी आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.