युरोपियन कमिशनले टिकटकमाथि प्रतिबन्ध लगायो

डिसी नेपाल
१३ फागुन २०७९ ११:२९
20
Shares

काठमाडौं । युरोपियन कमिशनमा काम गर्ने कर्मचारीहरूलाई उनीहरूको फोन र कर्पोरेट उपकरणहरूबाट टिकटक एप हटाउन भनिएको छ।

आयोगले डाटा सुरक्षित गर्न र साइबर सुरक्षा बढाउन यी कदम चालेको जनाएको छ ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको हो, जसलाई यो एपले डाटा सङ्कलन गरी चीनलाई दिने गरेको आरोप लागेको छ।

टिकटकले अन्य सामाजिक सञ्जाल जस्तै आफ्नो काम गर्ने बताएको छ ।

प्रतिबन्धको अर्थ युरोपेली आयोगका कर्मचारीहरूले आधिकारिक एप इन्स्टल भएका व्यक्तिगत उपकरणहरूमा टिकटक प्रयोग गर्न सक्दैनन्।

आयोगमा ३२ हजार स्थायी र करार कर्मचारी रहेको आयोगले जनाएको छ । यी सबै कर्मचारीहरूले मार्च १५ अघि टिकटक एप हटाउनु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *