रुसी आक्रमणको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रपति जेलेन्स्की र रुसले के भने ?

डिसी नेपाल
१३ फागुन २०७९ १२:२०
68
Shares

काठमाडौं । रुसको आक्रमणको एक वर्ष पूरा भएको अवसरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस वर्ष युक्रेनले जित हासिल गर्न सबै प्रयास गर्ने बताएका छन् ।

जेलेन्स्कीले युक्रेनले आफ्नो प्रतिरोधको भावनाले विश्वलाई प्रेरित र एकताबद्ध गरेको बताएका छन्। उनले रुसी हत्यारालाई कारबाही नभएसम्म युक्रेन नरोकिने बताए ।

रुसी आक्रमणको एक वर्ष पूरा भएको उपलक्ष्यमा युक्रेनका धेरै सहरमा कार्यक्रम आयोजना गरिएको छ । यसमा बुचा सहर समावेश छ जहाँ भ्लादिमिर पुटिनको सेनालाई मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ।

युक्रेनमा रुसको आक्रमण दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा कठिन द्वन्द्वमा परिणत भएको छ । संयुक्त राष्ट्रसंघले बिहीबार राति रुसको आलोचना गर्दै युद्ध अन्त्य गर्न र रुसको सेना फिर्ता गर्न आह्वान गरेको प्रस्ताव पारित गरेको छ ।

यसैबीच पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले रुसी सेनाले युक्रेनी सेनालाई पोल्याण्डको सिमानामा धकेल्नुपर्ने सुझाव दिएका छन् । दिमित्री मेदवेदेव हाल रुसको सुरक्षा परिषद्का उपाध्यक्ष छन्।

रुसी आक्रमणको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जाल पोस्टमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भने कि विजय हासिल हुनेछ, तर यो पनि महत्त्वपूर्ण छ कि युक्रेनमा रसियाको विशेष सैन्य अपरेशनका सबै लक्ष्यहरू प्राप्त हुन्छन्।

दिमित्री मेदवेदेवले यो पनि भने कि यसको मतलब यो पनि छ कि रुसमाथि घुमिरहेको खतरालाई पोल्याण्डको सिमानामा धकेल्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *