‘मैँ राजा तिमी रानी’मा हिमाल सागर र मिस पवी

डिसी नेपाल
१३ फागुन २०७९ १८:०२
284
Shares

काठमाडौँ । गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ । जसमा एक प्रेमील जोडीको सफल रोमान्टिक प्रेम कहानीले यतिबेला दर्शकहरुको मन जितिरहेको छ । शुक्रबार साईराम पिक्चर्सको युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा हिमाल र अनु चौधरीको स्वर रहेको छ ।

गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ल्याएको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ । पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ ।

बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन मिन रावलले गरेका हुन् । जसको कलरिङ विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.