एल साल्भाडोरको ‘मेगा-जेल’ मा ट्याटू खोपेका हजारौं कैदीहरू देखिए

डिसी नेपाल
१४ फागुन २०७९ ११:२०
88
Shares

काठमाडौं । २,००० संदिग्ध अपराधीहरूको पहिलो समूह एल साल्भाडोरको नयाँ जेलमा पठाइएको छ। यसलाई राष्ट्रपति नायब बुकेलेको अपराध विरुद्ध स्वघोषित युद्धको रुपमा हेरिएको छ ।

मुलुकमा बढ्दो हत्या र हिंसाका घटनालाई मध्यनजर गर्दै राष्ट्रपतिले आपतकालीन अवस्थाको घोषणा गरेसँगै अपराधीहरुको खोजी जारी छ । यसअन्तर्गत हजारौं शंकास्पद गुण्डालाई पक्राउ गरिएको छ ।

कारागारमा ४० हजारभन्दा बढी कैदी रहनेछन् । संदिग्ध अपराधी पक्राउ परेपछि धेरै तस्विरहरु सार्वजनिक भएका छन् जसमा ट्याटु बनाएर खाली खुट्टा जेल जाने गरेका छन् ।

एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा सबै कैदीहरू टाउको खौरिएका र टाउकोमा हात राखेर एकअर्कालाई अँगालो हालेर बसिरहेका छन् ।

राष्ट्रपति बुकेलेले ट्वीट गरेका छन् कि पहिलो २,००० मानिसहरूलाई एकल अपरेशनमा अमेरिकी महाद्वीपको सबैभन्दा ठूलो जेल, आतंकवादको बन्दी केन्द्रमा पठाइएको छ।

उनले लेखेका छन्, “यो उनीहरूको नयाँ घर हुनेछ जहाँ उनीहरू दशकौंसम्म बस्नेछन् र जनतालाई कुनै हानि पुर्‍याउन सक्ने छैनन्।”

सरकारको अपराधविरुद्धको यो अभियानमा ६४ हजारभन्दा बढी शंकास्पद पक्राउ परेका छन् ।

यस नीतिमा निर्दोष व्यक्तिलाई पनि पक्राउ गरिएको मानवअधिकार संगठनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *